PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कमेडी शो 'सेलिब्रेटी ज्याम अप' को प्रसारण सुरु



पहिलोपोस्ट

कमेडी शो 'सेलिब्रेटी ज्याम अप' को प्रसारण सुरु

काठमाडौं : कमेडी शो 'सेलिब्रेटि ज्यामअप'को  प्रशारण सुरु भएको छ। बुधवारबाट 'सेलिब्रेटी ज्यामअप' एम.पी. इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रसारणमा आएको हो।

कार्यक्रममा चर्चित व्यक्तित्वहरुसँग मिठो भलाकुसारी गर्ने गरिन्छ। कार्यक्रमका प्रस्तोतामा रित्तिका खरेल छिन्।

शो को पहिलो एपिसोडमा 'कमेडी च्याम्पिय' का सुमन कोइराला, सुमन कार्की र मेक्सन गौडेलको उपस्थिति रहेको थियो। जहाँ उनीहरुले आफ्ना जीवनका रमाइला किस्साहरु सुनाएका थिए।

शोमा कलाकार, साहित्यकार, खेलाडी, कमेडियन देखि समाजसेवीलाई बोलाएर उनीहरुका जीवनका रमाईलो पाटाहरु खोतल्दैँ हास्यव्यङ्ग्य रुपमा प्रस्तुत गरिने निर्देशक राजु पुडासैनीले बताए।

कलाकारहरुमा कुमार मनि गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ्ग साथमा लाइभ संगीतको प्रस्तुती रहनेछ। यो शो प्रत्येक बुधबार साँझ ७ बजे प्रसारण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell