PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

थप १ हजार ५११ जनामा कोरोना संक्रमण, अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो



पहिलोपोस्ट

थप १ हजार ५११ जनामा कोरोना संक्रमण, अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१५ हजार १७९ जनाको नमुना परीक्षण गर्दा १ हजार ५११ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ६८९ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७७२ रहेको छ।

पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ११ जनाको मृत्यु भएको छ। योसँगै देशभर अहिलेसम्म संक्रमणबाट मृत्युहुनेको सङ्ख्या ११ हजार २ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख १० हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell