PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकपपछि टी-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा



पहिलोपोस्ट

विश्वकपपछि टी-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा
Photo: Andrew Boyers/Reuters

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अक्टोबरमा हुने टी-२० विश्वकपछि टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। आज ट्वीटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीनवटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।

उनले आफ्ना निकटहरुसँगको धेरै छलफलपछि यो निर्णयमा पुगेको समेत बताएका छन्।

‘यो अक्टोबरमा दुबइमा हुने टी-२० विश्वकपपछिबाट टी-२० फर्म्याटको कप्तानी छाड्ने निर्णय गरेको छु। मैले यसबारेमा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सेक्रेटरी जय शाहसँग कुरा गरिसकेको छु’, उनको विज्ञप्तिमा भनिएको छ, ‘मेरो क्षमताले भ्याएसँग भारतीय क्रिकेटको सेवामा लागिरहने छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell