PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल, सिरिजमा दोस्रो जितको खोजी



पहिलोपोस्ट

अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल, सिरिजमा दोस्रो जितको खोजी

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। सिरिजको पहिलो खेलमा जित र दोस्रो खेलमा पराजय ब्यहोरेको नेपाल आज तेस्रो खेलमा दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। त्यस्तै सिरिजका यसअघिका दुबै खेलमा पराजय ब्यहोरेको अमेरिका पहिलो जितको खोजीमा हुनेछ।

यसअघि भदौ २८ मा भएको खेलमा नेपालले अमेरिकामाथि ५ विकेटको सानदार जित निकालेको थियो। विश्वकप लिग २ मै पनि नेपाल र अमेरिका यो सिरिज अघि पनि आमेसामने भएका छन्। यसअघि २०७६ सालको माघ महिनामा नेपालमा सम्पन्न नेपाल, अमेरिका र ओमनबीचको सिरिजको अमेरिकासँगको दुबै खेलमा नेपालले जित निकालेको थियो।

नेपाल र अमेरिका आज दिउँसो सवा चारबजे ओमनस्थित अल अमरेत स्टेडियममा सवा ४ बजे आमनेसामने हुनेछन्।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १२ खेल खेलेको ओमन २० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १४ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ६ खेल खेलेर ६ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहोरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell