PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एएफसी क्वालिफायर्सअघि उज्बेकिस्तानमा नेपाली टोलीका प्रशिक्षकको प्रतिकृया: युवा खेलाडीको उपस्थितिले उर्जा थपेको छ



पहिलोपोस्ट

एएफसी क्वालिफायर्सअघि उज्बेकिस्तानमा नेपाली टोलीका प्रशिक्षकको प्रतिकृया: युवा खेलाडीको उपस्थितिले उर्जा थपेको छ
तस्बिर: एनएसजेएफ

काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोली एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्नका लागि उज्बेकिस्तानमा छ। नेपाली टोलीले भोलि फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ।

खेलअघि नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले टिममा नयाँ र युवा खेलाडीको सहभागिताले उर्जा थपेका बताएका छन्।

'नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो, महिला फुटबल प्रबर्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर,' प्रशिक्षक फिलिप्सले प्रिम्याच कन्फ्रेन्समा भने, 'नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ। हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं।'

त्यस्तै फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले कोभिडका कारण ब्यवसायिक खेल खेल्न बाहिर देश गएका खेलाडी समावेस गराउन नसकेको बताए।

'कोविड (१९) का कारण धेरै टोलीहरुलाई कठिनाई भएको छ। हाम्रा पनि धेरै खेलाडी ब्यवसायिक खेलका लागि जापान, अमेरिका लगायतका देशमा रहेकाले टोलीमा सम्मिलित हुन सकेनन्,' उनले भने, 'तथापी पर्याप्त अनुभव भएका युवा खेलाडीहरु भएकोले हामी राम्रो खेल प्रदर्शन गर्ने छौ।'

त्यस्तै हङकङमा प्रशिक्षक मार्लोन मारोले कोभिडको समयमा पनि ट्रेनिङलाई निरन्तरता दिएका कारण तयारी राम्रो भएको बताए।

'कोभिडको समयमा पनि हामीले ट्रेनिङलाई निरन्तरता दिएका छौं। हाम्रो तयारी पनि राम्रो छ,' उनले भने, ' बहुसंख्यक खेलाडी एकेडेमिकै भएर पनि हाम्रो टोलि बलियो छ।'

प्रतियोगिताका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा पहिलो खेलमा नेपालले जित निकालेको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो। उज्बेकिस्तानमा पुगेपछि  गरिएको कोभिड १९ परीक्षणमा टोलीका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि त्यहाँको मैदानमा अभ्यास पनि गरेका छन्। 

नेपाली टिम 

अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शृजना सिंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell