PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

अनुमति बिना छोरीको कपाल काटेको भन्दै बुवाद्वारा विद्यालयविरुद्ध मुद्दा दायर



पहिलोपोस्ट

अनुमति बिना छोरीको कपाल काटेको भन्दै बुवाद्वारा विद्यालयविरुद्ध मुद्दा दायर
Photo : Getty Images

अमेरिकामा जिम्मी होफमेयेरले आफ्नो छोरी जुर्नीको कपाल काटिदिएको विद्यालय र शिक्षकविरुद्ध मुद्दा दायर गरेका छन्।

होफमेयेरले आफ्नी सात वर्षीया छोरीको कपाल आफूहरुको बिना अनुमति माउन्ट प्लिजेन्ट पब्लिक स्कुलका शिक्षकले काटेको बताएका छन्। नश्लीय विभेद गर्दै यसरी जबरजस्ती कपाल काट्दा आफ्नो छोरीको संवैधानिक अधिकार हनन् भएको भन्दै उनले मुद्दा दर्ता गरेका हुन्। उनले स्कुल डिस्ट्रिक्ट र दुई कर्मचारीविरुद्ध मुद्दा दायर गर्दै १ मिलियन डलर क्षतिपूर्ति समेत माग गरेका छन्।

गत अप्रिलमा जुर्नी विद्यालयबाट घर फर्किँदा उनको कपाल काटिएको थियो। यसअघि स्कुल बसमा पनि जुर्नीको कपाल एक साथीले काटिदिएकी थिइन्। तर अर्को पटक भने जुर्नीले शिक्षकले आफ्नो कपाल काटेको अभिभावकहरुलाई बताएकी थिइन्।

गत जुलाईमा स्कुल डिस्ट्रिक्टले गरेको अनुसन्धानमा शिक्षकले विद्यालयको नीति उल्लंघन गरेको तर नश्लीय विभेद भने नगरेको निष्कर्ष निकालेको थियो। शिक्षकलाई विद्यालयमै निरन्तर काम गर्न समेत रोकिएको थिएन। होफमेयेरले भने विद्यायले विभेदको घटनालाई सामान्य घटनाका रुपमा लिएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell