PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल-युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल आजबाट सुरु



पहिलोपोस्ट

नेपाल-युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल आजबाट सुरु

काठमाडौं : ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल २०७८’ आजबाट सुरु भएको छ। कोरोना महामारीबिच यसपटकको दशौँ संस्करण ‘फेस्टिभल स्कोप’ मार्फत भर्चुअल रुपमा आयोजना हुँदैछ।

नेपालस्थित युरोपियन युनियनद्वारा आयोजित महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्महरू प्रदर्शन गरिने छन्।  साथै फेस्टिभलमा नेपाली फिल्महरू पनि समावेश गरिएका छन्।

महोत्सवमा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश गरिएका छन्। यस वर्षको संस्करणमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा समेत आयोजना गरिएको छ।

नेपाल र युरोपियन युनियनबिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष फेस्टिभल आयोजना हुँदै आएको छ। महोत्सव असोज १ देखि ९ सम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell