PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

देउवा सरकार असफल भइसकेको भन्दै योगेश भट्टराईले भने : माधव नेपाल एमालेमै फर्किनेछन्



पहिलोपोस्ट

देउवा सरकार असफल भइसकेको भन्दै योगेश भट्टराईले भने : माधव नेपाल एमालेमै फर्किनेछन्
FILE PHOTO

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन्। पोखरामा आयोजित एक कार्यक्रममा उनले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेपाल एमालेमै फर्किने बताएका हुन्।

नेपालकै सहमतिमा १० बुँदे बनेको तर पछि उनैले त्यसको विरोध गरेको भन्दै भट्टराईले नेपालको पछि नलाग्न कार्यकर्तालाई आह्वान समेत गरे।

'माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी फोर्नु भयो। यो राम्रो भएन। अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्छु,' उनले भने।

भट्टराईले शेरबहादुर नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको भन्दै आलोचना समेत गरेका छन्।

'यो सरकार असफल भइसकेको छ। पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम हो' उनले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell