PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बैङ्किङ कसुरमा २५ लाख जरिवाना र १० दिन कैद तोकिएपछि फरार हिरालाल समातिए



पहिलोपोस्ट

बैङ्किङ कसुरमा २५ लाख जरिवाना र १० दिन कैद तोकिएपछि फरार हिरालाल समातिए

काठमाडौं : उच्च अदालत पाटनबाट बैङ्किङ कसुरमा दोषी ठहर भएका हिरालल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। गत असार २९ गते उच्च अदालतले उनलाई १० दिन कैद र २५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई ललितपुरबाट समातेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

.खोटाङ दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका १० का उनी भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ मा बस्दै आएका थिए। ३२ वर्षीय उनले जानीजानी रकम नभएको सेन्चुरी बैङ्को चेक काटेर बैङ्किङ कसुर गरेको भन्दै अदालतले दोषी ठहर्‍याएको थियो। पछिल्लो समय बैङंकिङ कसुरमा पक्राउ पर्नेको संख्या बढ्दो छ।

प्रहरीले पक्राउ परेका हिरालाल श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललिपुरमा पेश गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell