PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वेब सिरिजमा देखिँदै शिल्पा शेट्टी



पहिलोपोस्ट

वेब सिरिजमा देखिँदै शिल्पा शेट्टी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले ओटीटी प्याल्टफर्ममा डेब्यु गर्ने भएकी छिन्।

रियालिटी शो लगायत धेरै फिल्महरुमा काम गरिसकेकी शिल्पा छिट्टै ‌ओटीटी प्याल्टफर्ममा देखिने भारतका स्थानिय संचारमाध्यमले उल्लेख गरेका छन्। उनले ओटीटीको वेब सिरिजको लागि तयारी पनि सुरु गरिसकेकी छिन्। जसमा उनको मुख्य भूमिका रहने बताइएको छ।

शिल्पाको ओटीटी सिरिजको कथामा सुस्मिता सेनको वेव सिरिज 'आर्या' को जस्तै शक्तिशाली पात्रको झलक देख्न मिल्ने बताइएको ट। 'आर्या'को जस्तै यस वेब सिरिजको कथा पनि महिला केन्द्रित हुनेछ। यसबारे आधिकारिक घोषणा भने केही दिनपछि हुनेछ।

श्रीमान व्यापारी राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा प्रकाउ परेर हिरासतमा परेपछि शिल्पाले पनि निकै सास्ती भोग्नुपरेको थियो। शिल्पा केही समयअघि मात्रै ‘सुपर डान्सर ४’ को सेटमा ब्रेक लिएर फर्किएकी थिइन्।

यो वर्ष १४ वर्षपछि शिल्पाले फिल्म ‘हंगामा २’मार्फत ठूलो पर्दामा फर्किएकी थिइन्। जुन फिल्म २३ जुलाईमा ओटीटीमा रिलिज भएको थियो। तर, सोही समय कुन्द्रा प्रकाउ परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell