PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मल्ल के सुन्दरको 'सेप्टेम्बर १७' विमोचन



पहिलोपोस्ट

मल्ल के सुन्दरको 'सेप्टेम्बर १७' विमोचन

काठमाडौं : मल्ल के सुन्दरको नयाँ कृति 'सेप्टेम्बर १७' विमोचन भएको छ। नेपालभाषामा लेखिएको उपन्‍यास कीर्तिपुरस्थित नेपालभाषा एकाडेमीको सभाहलमा लोकार्पण गरिएको हो।

गत वर्ष नै तयार भएको उपन्यास कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण विमोचन हुन सकेको थिएन। आज जनकवि दुर्गालाल श्रेष्ठ लगायतले 'सेप्टम्बर १७' को अनावरण गरेका हुन्।

अमेरिकामा हुर्केर त्यहाँ आफ्नो देश, समुदाय, भाषा र संस्कृति बारे अनभिज्ञ रहने एक महिला पात्रलाई केन्द्रमा राखेर उपन्यास तयार गरिएको छ। नेपालबाट अमेरिका पुगेकी एक महिलाको छोरीले पहिचान खोज्दै गर्ने संघर्षमा आधारित रहेर उपन्यास लेखिएको मल्ल के सुन्दरले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell