PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाल टस हारेर ब्याटिङमा, गुल्सनले डेब्यु गर्दै



पहिलोपोस्ट

नेपाल टस हारेर ब्याटिङमा, गुल्सनले डेब्यु गर्दै
तस्बिर : एनएसजेएफ

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। आज सवा ४ बजे ओमनस्थित अलअमेरत सुरु हुने खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रँदै छ।

सिरिजको पहिलो खेलमा जित र दोस्रो खेलमा पराजय ब्यहोरेको नेपाल आज तेस्रो खेलमा दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। त्यस्तै सिरिजका यसअघिका दुबै खेलमा पराजय ब्यहोरेको अमेरिका पहिलो जितको खोजीमा हुनेछ।

आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ। विक्रम सोबको स्थानमा गुलसन झाले खेल्नेछन्। मेयर्स कपको फाइनल खेलमा सनसनी मच्चाएका झा ले डेब्यु गर्न लागेका हुन्।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ।

नेपाली टीम

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell