PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ४० प्रतिशतभन्दा बढीले लगाइसके कोरोनाविरुद्ध खोप



पहिलोपोस्ट

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ४० प्रतिशतभन्दा बढीले लगाइसके कोरोनाविरुद्ध खोप

काठमाडौं : काठमाडौं उपत्यकामा  ४० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

उपत्यकामा १५ लाख ५५ हजार ८९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार ४२० पूर्ण मात्राको खोप लगाइसकेका छन्। मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन्।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिए। काठमाडौँमा ११ लाख ३७ हजार १६८ जनाले पहिलो मात्रा र ९ लाख ३३ हजार ३६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

यस्तै भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेको लालले बताए।

भक्तपुरमा एक लाख ५४ हजार ८३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन्। ललितपुरमा दुई लाख ६३ हजार ८९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार ३७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ८३ हजार १२३ र पूर्ण मात्रा ५५ लाख ७ हजार ३८० जनाले लगाएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell