PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

थपिए १५५८ कोरोना संक्रमित, खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५५ लाख नाघ्यो



पहिलोपोस्ट

थपिए १५५८ कोरोना संक्रमित, खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५५ लाख नाघ्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। १२ हजार ३८५ जनाको नमूना परीक्षण गर्दा १ हजार ५५८ जनामा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ३५१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ४९६ पुगेको छ।

संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार १२ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसनर पछिल्लो २४ घण्टामा ६० हजार १५९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालसम्म ५५ लाख  ७ हजार भन्दा बढीले खोपको पूर्ण मात्रा र ६० लाख ८३ हजारभन्दा बढीले खोपको पहिलो मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell