PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

ज्ञानेन्द्र मल्लको अर्धशतक, बने ओडीआईमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी



पहिलोपोस्ट

ज्ञानेन्द्र मल्लको अर्धशतक, बने ओडीआईमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका प्रतिस्पर्धामा छन्।

ओमनस्थित अलअमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन्।

उनले ९१ बलमा ३ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्।

अर्धशतकसँगै मल्ल एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत बनेका छन्। उनले १० खेलबाट ३१५ रन बनाएका पारस खड्कालाई पछि पार्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन्। उनले अर्धशतक बनाएसँगै ओडीआईमा ३ सय ६० रन पुरा गरेका छन्।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेलले ३६ रन बनाउँदा आशिफ शेख ३ रनमै आउट भए। त्यस्तै रोहित पौडेल २ रनमा आउट हुँदा बिनोद भण्डारीले १० रन बनाए। गुलसन झालाई २८ रनमा अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले आउट गराए।

नेपाली टीम

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell