PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अमेरिकालाई नेपालको १ सय ७५ रनको सामान्य लक्ष्य



पहिलोपोस्ट

अमेरिकालाई नेपालको १ सय ७५ रनको सामान्य लक्ष्य
तस्बिर: एनएसजेएफ

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमनस्थित अल अमेरत  स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३६ रन बनाए। त्यस्तै गुलसन झाको २८ रन बाहेक अन्य ब्याट्सम्यानहरुको योगदान ठूलो रहेन।

अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिँदा केल फिलिपले ३ तथा करिमा गोरे, इल्मोर हचिन्सन र नोस्टुस केन्जिगेले समान १/१ विकेट लिए।

अमेरिका केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

नेपाली टीम

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell