PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

चीनबाट आयो ४४ लाख मात्रा भेरोसेल खोप



रासस

चीनबाट आयो ४४ लाख मात्रा भेरोसेल खोप
फाइल फोटो।

काठमाडौं : सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो। सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो।

खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो। आज आएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell