PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल अमेरिकासँग पराजित



पहिलोपोस्ट

नेपाल अमेरिकासँग पराजित

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज सम्पन्न खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।

ओमनस्थित अल अमेरत स्टेडियममा सम्पन्न खेलमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३६ रन बनाए। त्यस्तै गुलसन झाको २८ रन बाहेक अन्य ब्याट्सम्यानहरुको योगदान ठूलो रहेन।

अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिँदा केल फिलिपले ३ तथा करिमा गोरे, इल्मोर हचिन्सन र नोस्टुस केन्जिगेले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाका लागि स्टेभेन टेलरले आक्रामक ब्याटिङ गर्दै ३ छक्का र १२ चौकाको सहायतामा ६३ बलमा ९२ रन बनाए। त्यस्तै मोनांक पटेल र जसकरण मल्होत्राले राम्रो साझेदारी गर्दै क्रमश ३८ र ३६ रन बनाए।

 बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए।

सिरिजमा नेपालको यो दोस्रो हार हो। सिरिजको पहिलो खेलमा अमेरिकालाई हराउँदै सुखद सुरुवात गरेको नेपाल दोस्रो खेलमा ओमनसँग पराजित भएको थियो। त्यस्तै आजको खेलमा पराजय ब्यहोरेको हो। अब नेपालले आइतवार घरेलु टोली ‌ओमनको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell