PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

काबुलमा ड्रोन आक्रमण गर्दा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार



पहिलोपोस्ट

काबुलमा ड्रोन आक्रमण गर्दा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ।

तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो। जसमा कयौं मानिस मारिएका थिए।

२९ अगस्तमा गरिएको ड्रोन आक्रमणमा ७ वर्षीय बालकसहित १० सर्वसाधरण मारिएको सेन्ट्रल कमान्ड इन्भेस्टिगेशनको अनुसन्धानबाट पुष्टि भएको हो। आइएससँग संलग्न रहेको अनुमानमा अमेरिकी सेनाले सामाजिक स्वयम्सेवी जमाइरी अकमधीलाई लक्षित गर्दै आक्रमण गरेको बताइएको छ। अमेरिकी सेनाले जमाइरीको कारमाथि घण्टौं सम्म निगरानी राखेको थियो। जमाइरीले कारमा विस्फोटक पदार्थ राखेको अनुमान अमेरिकाको थियो। तर,पछि त्यो पानीको कन्टेनर रहेको खुलेको छ।

जेनरल मिककेनजीले उक्त घटनालाई ‘दु:खद् भूल’ भनेका छन्। अमेरिकाको यो गल्तीले उसको ‘काउन्टर टेरोरिजम’ रणनीतिमाथि नै प्रश्न खडा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell