PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फिलिपिन्सविरुद्ध कस्तो होला नेपालको रणनीति : निश्चित क्षेत्रमा आफ्नो टोलीलाई सन्तुलित राखेर काउन्टर खेल्ने?



पहिलोपोस्ट

फिलिपिन्सविरुद्ध कस्तो होला नेपालको रणनीति : निश्चित क्षेत्रमा आफ्नो टोलीलाई सन्तुलित राखेर काउन्टर खेल्ने?

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी महिला एसियन कप क्वालिफायर्समा आज फिलिपिन्सविरुद्ध खेल्दैछ। उज्बेकिस्तानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा नेपालले कस्तो रणनीतिमा खेल्ला त्यसले आजको नतिजा निर्धारण गर्नेछ।

नेपाली महिला टोलीका पूर्व प्रशिक्षक एवम एन्फाका महिला विभाग प्रमुख हरि खड्का कोचले रणनीति बनाउने भए पनि नेपालले निश्चित क्षेत्रमा टिमलाई सन्तुलित राखेर काउन्टर खेल्नसक्ने बताए।

'रणनीति त कोचले बनाउने हो। हाम्रो सल्लाहअनुसार चाहीँ हामी भन्दा टप लेभलको टिमसँग अथवा जुन सुकै टिमले पनि आफूभन्दा माथिल्लो टिमसँग खेल्दा हाम्रो कम्प्याट जोन कहाँ हो, हामीले डिफेन्सिभ अर्गनाइज कहाँ गर्ने काउन्टर अट्याक खेल्दा कुन खेलाडीलाई प्रयोग गर्ने भन्ने नै रणनीति हुन्छ,' खड्काले भने, 'हाम्रो आजको रणनीतिमा भनेको निश्चित क्षेत्रमा आफ्नो टोलीलाई सन्तुलित राखेर काउन्टर खेल्नेजस्तो लाग्छ मलाई चाहीँ।'

उनले प्रशिक्षकले टिम सन्तुलित बनाएको भन्दै प्रीति राई, सरु लिम्बुलगायतको भूमिका महत्वपूर्ण हुनसक्ने बताए।

'टिम गेम हो सबैको उत्तिकै मेहेनत आवश्यक पर्छ। अनि नजिता आउने हो। अब अहिले हाम्रो टिममा देखिएको कि प्लेयर प्रीति अलि इन्टेलिजेन्ट प्लेयर छ, सरु लिम्बु छ,' खड्काले भने, 'डिफेन्समा गीता राना, अमृता जैसी जस्तो खेलाडीहरु छन्। कोचले एउटा सन्तुलित टिम बनाउन खोज्नु भएको छ। मेहेनत चाहीँ धेरै चाहिने देखिन्छ।'

नेपालले सेप्टेम्बर २१ मा हङकङको सामना गर्नेछ।

फिलिपिन्सको महिला टोली ६८ औं स्थानमा छ भने हङकङको टोली ७६ औं स्थानमा छ। नेपाल १०१ औं स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell