PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भारतमा एकैदिन दुई करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप



पहिलोपोस्ट

भारतमा एकैदिन दुई करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

भारतमा एकैदिन दुई करोडभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ। पछिल्‍लो २४ घण्टामा २ करोड १५ लाखभन्दा बढीलाई खोप दिइएको भारतीय स्वास्थय मन्त्रालयले जनाएको छ। हालसम्म भारतमा ७९ करोड ४२ लाख भन्दा बढीले कोभिड १९ विरुद्ध खोप लगाइसकेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ३५ हजार ६६२ जना संक्रमित थपिँदा ३३ हजार ७९८ जन संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ४० हजार ६३९ पुगेको छ।

भारतमा संक्रमणका कारण थप २८१ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण हालसम्म ४ लाख ४४ हजार ५२९ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell