PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

कांग्रेसमा विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ : प्रकाशमान सिंह



पहिलोपोस्ट

कांग्रेसमा विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ : प्रकाशमान सिंह
File Photo

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताएका छन्।

गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा उनले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

'झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि कांग्रेस नेतृत्वमा सरकार निर्माण भएको हो। सबैलाई मिलाएर लैजाँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो' उनले भने।

सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने समेत बताए। उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधान अनुसार समस्या समाधान गर्नुपर्ने बता।

'विधिअनुसार पार्टी नचल्दा विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ। १४ औँ महाधिवेशनलाई निष्पक्ष तवरले सम्पन्न गर्नुपर्छ', उनले भने।

सिंहले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउने विषयमा निरन्तर छलफल र परामर्श भइरहेको समेत बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell