PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

जोरपाटीको जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ



रासस

जोरपाटीको जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

काठमाडौं : काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले चार लाख ७५ हजार रुपैयाँ बरामद गरेको छ।

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell