PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संरक्षित वन्यजन्तुको छालासहित वीरेन्द्रनगरबाट चार जना पक्राउ



रासस

संरक्षित वन्यजन्तुको छालासहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

सुर्खेत : सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका-८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका-६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका-१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिए।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका-७ स्थित एक होटलबाट संरक्षित वन्यजन्तुको सूचीमा रहेका हाब्रेलगायतको छालासहित चारै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई डिभिजन बन कार्यालयलाई बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell