PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाल फिलिपिन्ससँग पराजित



पहिलोपोस्ट

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्बेकिस्तानस्थित स्टेडियन मजमुआसीमा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो।

खेलमा नेपालका लागि १० औं मिनेटमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा पराजित बन्यो।

नेपालले खेलको ८९ औं मिनेट र इन्ज्युरी समयमा गोल ब्यहोरेको थियो। ८९ औं मिनेटमा तहनाइ एन्निस र इन्ज्युरी समयमा विल्सन केमिलीले गोल गरेका थिए।

नेपालले अर्को खेलमा मंगलवार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell