PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

लिभरपुलको सहज जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो



पहिलोपोस्ट

लिभरपुलको सहज जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३-० को सहज जित निकालेको हो।

खेलको ४३ औं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। यो सँगै मानेले लिभरपुलका लागि १०० औं गोल पनि पुरा गरे। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि दोस्रो गोल मोहम्मद सलाहले गरे। उनले खेलको ७८ औं मिनेटमा गोल गर्दा नाबी केइताले ८९ औं मिनेटमा गोल गरे।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिँदा आर्सनलले बर्नलीमाथि १-० संघर्षपूर्ण जित निकाल्यो।

योसँगै ५ खेलबाट १३ अंक जोडेको लिभरपुल अंकतालिकाको शीर्षस्थानमा छ। त्यस्तै १० अंक जोडेका म्याचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी र एभर्टन शीर्षपाँचमा छन्। युनाइटेड र चेल्सीले ४ खेल खेल्दा अन्य शीर्ष पाँचमा रहेका टिमले ५ खेल खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell