PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बायर्नको फराकिलो जित



पहिलोपोस्ट

बायर्नको फराकिलो जित
Photo: Reuters

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले बोचुममाथि फराकिलो जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा बायर्नले बोचुममाथि ७-० को फराकिलो अन्तरले जित निकालेको हो।

खेलको १७ औं मिनेटमा लेरोए सानेले बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै दोहोरो गोल गरेका जोसुवा किममिचले २७ औं मिनेटमा गोल गर्दा तेस्रो गोल सर्ज गनब्रीले ३२ औं मिनेटमा गरे। चौथो गोल बोचुमका भासिलिस लामप्रोपउलोसले आत्मघाती गोल गर्दा उपहार गोल ४३ औं मिनेटमा पाएको थियो।

पहिलो हाफमा ४ गोलले अघि रहेको बायर्नका लागि ६१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पाँचौं गोल गरे। त्यसको २ मिनेट नबित्दै किममिचले फेरि अर्को गोल थपे। र, ७९ मिनेटमा एरिक म्याक्सिमले गोल गर्दा बायर्नले ७-० को फराकिलो जित निकाल्यो।

जितसँगै बायर्न ५ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। ४ खेलबाट १२ अंक जोडेको वुल्भ्सबर्ग तालिकाको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell