PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल दिउँसो पौने ४ बजेबाट ओमनस्थित अलअमेरत स्टेडियममा सुरु हुनेछ।

जारी सिरिजमा नेपालले ओमनसँग दोस्रो पटक आमनेसामने हुँदैछ भने लिग २ मा चौथो पटक भिड्न लाग्दैछ। यसअघिको तीनवटै खेलमा ओमनले जित हात पारेको छ। यसअघि २०२० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न त्रिकोणात्मक सिरिजमा ओमनले नेपाललाई दुई खेलमा हराएको थियो भने जारी सिरिजमा एकपटक ओमनले हराइसकेको छ। जारी सिरिजमा ओमन अपराजित छ। नेपालले भने तीन खेल खेलेर १ खेलमा जित र दुई खेलमा पराजय ब्यहोरेको छ। आजको खेलमा जित निकाल्दै सिरिजलाई सन्तोषजनक बनाउने लक्ष्यमा नेपाल रहने छ।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १२ खेल खेलेको ओमन २० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १५ खेलबाट १४ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ७ खेल खेलेर ६ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहोरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell