PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

१ सय ४० दिनको ब्रेकपछि आईपीएल आजबाट फेरि सुरु हुँदै, मुम्बई र चेन्नई प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

१ सय ४० दिनको ब्रेकपछि आईपीएल आजबाट फेरि सुरु हुँदै, मुम्बई र चेन्नई प्रतिस्पर्धा गर्दै
Photo: BCCI

चेन्नइ सुपर किंग्स र मुम्बई इण्डियन्स आज प्रतिस्पर्धामा उत्रिएसँगै आजबाट इण्डियन प्रिमियर लिग (आईपीएल) फेरि सुरु हुँदैछ। यसअघि भारतमा कोभिड १९ को बढ्दो संक्रमणका कारण मे २ मा दिल्ली क्यापिटल्स र पंजाब किंग्सबीचको खेल पछि स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो।यसअघि आईपीएलको २९ वटा खेल सम्पन्न भइसकेको छ।

अब सिजनको ३१ खेलबाँकी छन्। जुन २७ दिन भित्र सम्पन्न भइसक्ने छ। प्रतियोगिताका खेलहरु सारजाह, अबुधावी र दुबईमा हुनेछन्। यसअघी बन्द रंगशालामा प्रतियोगिता आयोजन गरिएकोमा यसपटक सीमित संख्यामा दर्शकलाई अनुमति दिने बताइएको छ।

आज चेन्नइ र मुम्बई बेलुकी पौने ८ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आमनेसामने हुनेछन्।

अंकतालिकामा कुन टिम अघि?

जारी सिजन दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रदर्शन गर्दै ८ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ भने चेन्नइ सुपरकिंग्सले ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। त्यस्तै समान १० अंक जोडेको रोयल च्यालेन्जर्स बेङ्ग्लोर तेस्रो स्थानमा रहँदा चौथो स्थानमा ८ अंकसहित मुम्बइ इण्डियन्स छ। पाँचौं र छैटौं स्थानमा समान ६ अंक जोडेका राजस्थान रोयल्स र पञ्जाब किंग्स छ। त्यस्तै सातौं स्थानमा कलकत्ता नाइट राइडर्स र तालिकाको पुछारमा सनराइजर्स हैदराबाद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell