PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

किरण र ज्ञानेन्द्र प्रवल जनसेवा श्रीबाट विभूषित हुने, खेल क्षेत्रबाट को को हुँदैछन् विभूषित?



पहिलोपोस्ट

किरण र ज्ञानेन्द्र प्रवल जनसेवा श्रीबाट विभूषित हुने, खेल क्षेत्रबाट को को हुँदैछन् विभूषित?

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान ज्ञानेन्द्र मल्ल र राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ प्रवल जनसेवा श्रीबाट विभूषित गरिने भएका छन्। संविधान दिवसको उपलक्ष्य क्रिकेट र फुटबलको राष्ट्रिय टोलीका कप्तानहरुलाई विभूषित गरिने भएको हो।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार पदक प्रदान गरेकी छिन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्ने भएकी हुन्।

यस्तै, सुकीर्ति पदक खेलाडी लगायत खेलकुदसँग सम्बन्धित अनु अधिकारी, दीपक थापा, नर्बू लामा, उत्तम न्यौपाने, प्रकाश केसी, जुनी राई, संगिता बस्याल, लक्ष्मण तामाङ, सोनी गुरुङ, विमला चौधरीलगायतले पाउने भएका छन्।

त्यस्तै नेपाली क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोको कोरियन प्रशिक्षक क्वान वान योङ दाल, पारा खेलाडी हिमाल अर्याल र केशव थापा, जनसेवा श्रीले विभुषित हुनेछन्।

नेपाली खेलकुद विशेष गरि राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठान पनि जन सेवाश्री पदकले राष्ट्रपतिबाट विभूषित हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell