PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

इन्द्रजात्रा : आज तल्लो टोलमा रथयात्रा हुने



पहिलोपोस्ट

इन्द्रजात्रा : आज तल्लो टोलमा रथयात्रा हुने
FILE PHOTO

काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को दोस्रो दिन। आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिँदैछ।

दिउँसो ३ बजे रथयात्रा प्रारम्भ हुने इन्द्रजात्रा व्वयस्थापन समितिले जनाएको छ। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी लगायत गद्दी बैठक पुग्दैछन्। रथयात्राका लागि अहिले तार र सडक व्यवस्थापनको काम भइरहेको छ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज पहिलाभन्दा चाँडै जात्रा समापन गर्ने व्यवस्था गरिएको छ। यस्तै, उपस्थित हुने सबैलाई मास्क अनिवार्य लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रामा रथ यात्रा भएको थिएन। यसपटक भने स्वास्थ्य प्रोटोकल पालना गर्दै इन्द्रजात्रा गरिने बताइएको छ।

आज रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

भोलि असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ८ गते नानिचा: यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell