PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सातौं संविधान दिवसमा यस्तो देखियो टुँडिखेल

सातौं संविधान दिवसमा यस्तो देखियो टुँडिखेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज असोज ३ गते अर्थात संविधान दिवस। ०७२ असोज ३ गते अर्थात आजकै दिन संविधानसभाबाट संविधान जारी भएको थियो।

यस अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ। संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उपस्थित थिए। समारोहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी भएनन्।

संविधान दिवसको अवसरमा टुँडिखेलमा साँस्कृतिक झाँकीहरु प्रस्तुत गरियो। त्यसैगरी हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै शान्तिका प्रतिक परेवा उडाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा खुसी ल्याउने लक्ष्य सरकारको रहेको बताए। 'नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्‍यलाई एकाकार गरेको छ। यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको सम्वृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो,' देउवाले भने, 'विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो। त्यसैले संविधान दिवस एक विशिष्‍ट राष्‍ट्रिय खुशीको दिन हो। यस अवसरमा पनि हामी खुला मनले अधिकआधिक सहभागिताबाट राष्‍ट्रिय उत्सव मनाउन सकेका छैनौं किनकी कोभिड-१९ को महामारीबाट हामी सबै जोगिंदै यस्ता उत्सव मनाउनु पर्ने वाध्यता रहेको छ।'



ट्रेन्डिङ पोस्ट

Ncell