PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पदक पाएका न्यायाधीशहरुलाई सुवास नेम्बाङको आग्रह : विभूषण अस्वीकार गरिदिनुस्



पहिलोपोस्ट

पदक पाएका न्यायाधीशहरुलाई सुवास नेम्बाङको आग्रह : विभूषण अस्वीकार गरिदिनुस्

काठमाडौं : नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले संविधान दिवसका अवसरमा दिइने पदकका बारेमा असन्तुष्टि जनाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्ने पदकका लागि छनोट भएका व्यक्तिहरुका बारेमा नेम्बाङले असन्तुष्टि जनाएका हुन्।

संविधान दिवसका अवसरमा एमालेले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा संविधान सभाका अध्यक्षको समेत रहिसकेका उनले एमालेको सरकार ढलाउन र प्रतिनिधि सभा पुनर्स्थापनका लागि भूमिका खेल्नेहरुले पदक पाएको भन्दै विरोध जनाएका हुन्।

'पुरस्कार घोषणाको समाचार सुनें। मलाई आश्चार्य लागेको छ। पारि चितुवा करायो भन्छन् नी गाउँघरमा। पारि चितुवा करायो वारि सिंहारी हरायो। भएको यस्तो हो,' उनले भने।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल लगायतले पदक पाएको भन्दै सुवास नेम्बाङले असन्तुष्टि जनाएका हुन्।

'एक जना दिल्लीबाट सक्रिय हुनुभएछ, पाउनुभएछ। दुई जना नेता यतै सक्रिय भएकोमा पाउनु भएछ। केपी ओली सरकारलाई मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ,'उनले भने।

प्रतिनिधि सभा विघटनका विरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा मुद्दा लडने वकिलले पनि पदक पाएकोमा नेम्बाङले बिरोध जनाएका हुन्। उनले प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुले पदक पाएको भन्दै उनीहरुलाई पदक अस्वीकार गर्न आग्रह गरेका छन्।

'मुद्दा लड्ने साथीहरुले पाउनुभएछ। संवैधानिक इजलासमा बस्ने साथीहरुले पाउनुभएछ। उहाँहरुलाई न्यायाधीश मान्ने मान्छे हुँ म। यहाँहरुले पाएको मेडल अस्वीकार गरिदिनुस,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell