PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कलाकारिता क्षेत्रबाट को को हुँदैछन् विभूषित ?



पहिलोपोस्ट

कलाकारिता क्षेत्रबाट को को हुँदैछन् विभूषित ?

काठमाडौं : सरकारले फिल्म तथा संगीत क्षेत्रका व्यक्तीहरुलाई विभूषित गर्ने घोषणा गरेको छ। आइतवार संविधान दिवसको अवसरमा पदक पाउनेहरु कलाकारका साथै अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको नाम सार्वजनिक गरिएको हो।

सरकारले स्वर्गिय स्वर सम्राट नारायण गोपाललाई यसवर्षको 'महाउज्जवल राष्ट्रदीप' बाट सम्मान गर्ने निर्णय गरेको छ। साथै संगीतकार शम्भुजित बास्कोटा 'कीर्तिमय राष्ट्रदीप' बाट विभुषित हुने भएका छन्।

गायक भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल र स्वर्गीय गायिका रानुदेवी अधिकारीलाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ।  विभुषित हुनेमा कलाकारहरुमा लोकदोहोरी गायक चन्द्र प्रकाश शर्मा, कुलेन्द्र विश्वकर्मा, गायिका विष्णु माझी, कस्तुप पन्त रहेका छन्।

फिल्म क्षेत्रबाट भने गौरी मल्ल, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, दीपाश्री निरौला , नवल खड्का र प्रकाश घिमिरे पनि विभूषित हुने भएका छन्।

अभिनेत्री केकी अधिकारी र अभिनेता अनमोल केसीलाई जनसेवाश्रीबाट विभूषित हुने भएको छ। त्यसैगरि गायक हेमन्त शर्मा र प्रकाश सपूतले पनि जनसेवाश्री पुरस्कार पाउने भएका छन्।

हाँस्य कलाकार कमल गाउँले र श्यामसुन्दर रिजाल, निर्देशक मिलन चाम्स, गायिका राधिका हमाल, निर्माता राजकुमार राई, तेरिया फौजा मगर र अमेरिकन नेपाली लोक गायिका अन्ना पनि जनसेवाश्री पदक पाउने सूचीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell