PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले राष्ट्रपति संस्थाकै हुर्मत लिइरहेको छ : केपी शर्मा ओली



पहिलोपोस्ट

सरकारले राष्ट्रपति संस्थाकै हुर्मत लिइरहेको छ : केपी शर्मा ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार बनेका संस्थाहरुको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन्।

ललितपुरको च्यासलमा एमालेले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका नखेलेको भन्दै ओलीले फेरि पनि विरोध गरे। उनले निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुको भूमिकालाई पनि आफूहरुले गम्भीरताका साथ लिएको ओलीको बताए।

'निर्वाचन आयोगले निष्पक्ष ढंगले आफ्नो कर्तव्य पालन गरोस्। हामी सभामुखबाट पार्टी पक्षधरता नहोस भन्ने चाहन्छौं। त्यस्तो हुँदै गयो भने सम्मानित संस्था भनेर हुन्छ? त्यस प्रकारको संस्थाले कानुनी भूमिका निर्वाह गर्नुपर्छ। उहाँहरुले पदको मर्यादा पालना गर्दिनुस् भन्ने आग्रह गर्न चाहन्छौं। नभए संविधान कागजको खोष्टो हुन्छ,' ओलीले भने।

अहिलेको सत्ता गठबन्धनले राष्ट्रपति संस्थाको हुर्मत लिएको ओलीको आरोप छ। उनले संविधान कार्यान्वयनका बेलामा पार्टी फुटाउने र त्यसका लागि विभिन्न क्रियाकलाप भएको भन्दै संविधान कार्यान्वयनमा त्यस्ता क्रियाकलापले चुनौती थपिरहेको बताए। 'पार्टी फोड्ने र अनेका खालका क्रियाकलाप गर्ने काम संविधान कार्यान्वयनका सन्दर्भमा गम्भीर रुपमा देखिएका छन्,' उनले भने।

संविधानमा भएको व्याख्याको गलत अर्थ लगाउने गरिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे।

'संविधानमा भएका स्पष्ट व्याख्या भएकालाई अर्कै व्याख्या गर्ने होइन। जसले जीवन दाउमा राखेर लोकतन्त्रका लागि संविधान चाहिन्छ। लोकतन्त्रको आचारणका लागि जसले बलिदान दिएको छ ती जनताका लागि पीडाको कुरा हो नि,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell