PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

राजावादीको एउटा समूहले प्रतिनिधिसभा नजिकै जलायो संविधान, २०४७ कै संविधान लागू गर्न माग

राजावादीको एउटा समूहले प्रतिनिधिसभा नजिकै जलायो संविधान, २०४७ कै संविधान लागू गर्न माग

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मुलुकमा आज संविधान दिवस मनाइरहँदा एउटा तप्का यसको विरुद्धमा प्रदर्शनमा उत्रिएको छ। उनीहरुले प्रतिनिधिसभा नजिकै पुगेर संविधानको प्रति जलाउँदै यसको विरोध गरेका हुन्।

माइतीघरबाट सुरु भएको राजावादी समूहको र्‍याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो। त्यहाँ पुगेपछि उनीहरु संविधान मात्र जलाएनन् चर्का नाराबाजीसमेत गरे। राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका उनीहरुले संविधान जलाएका हुन्।

उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास समेत गरेका थिए। त्यसलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। उनीहरुले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए। त्यस संविधानमा मुलुक संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र थियो। साथै संघीयता थिएन। २०६२/६३ को आन्दोलनपछि मुलुकमा गणतान्त्रिक व्यवस्था लागू भयो भने धर्म निरपेक्षता कायम भयो। संघीयता यही आन्दोलनको उपलब्धि थियो।



ट्रेन्डिङ पोस्ट

Ncell