PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आफ्नै हात जगन्नाथ! कसो त खनाल 'बा'?



पहिलोपोस्ट

आफ्नै हात जगन्नाथ! कसो त खनाल 'बा'?

केपी ओली सरकारको पालामा सर्प पाल्न भन्दै करोडौं मिल्यो। त्यतिले चित्त किन बुझ्थ्यो। बिरामी भएर भारतमा उपचार गर्न सरकारले नै खर्च बेहोरिहाल्यो। इलामका धनीमानी नै हुन्। धनी हुनुको अर्थ धनप्रति आशक्ति कम हुनु होइन क्या रे!

नपाएको इज्जत थियो। ओलीसँग त्यो आशा गर्न सकिने कुरा भएन। लागे माधव नेपालतिर। माधव नेपालले सम्मान दिए, यता देउवा सरकारलाई उपचारको खर्च बेहोर्न चाँजोपाँजो मिलाइदिए। पार्टी कार्यालयमा अलग्गै कोठा पनि।

अब त्यतिले पुग्ला त? देशका पूर्व प्रधानमन्त्री। एमालेका पूर्व अध्यक्ष। त्यही भएर हो के राष्ट्रपतिको हातबाट पदक पनि! ठीकै हो, लोकतन्त्र जो ठहरियो। आफ्नै हात जगन्नाथ हुँदा खनाल 'बा'लाई नगर्नु भन्ने छ त? कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell