PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालले टस जितेर ओमनलाई दियो ब्याटिङको निम्तो, टिममा दुई परिवर्तन



पहिलोपोस्ट

नेपालले टस जितेर ओमनलाई दियो ब्याटिङको निम्तो, टिममा दुई परिवर्तन
तस्बिर: एनएसजेएफ

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज हुने खेलमा नेपालले टस जितेर ओमनलाई ब्याटीङको निम्तो दिएको छ।

खेल दिउँसो पौने ४ बजेबाट ओमनस्थित अलअमेरत स्टेडियममा सुरु हुनेछ।

जारी सिरिजमा नेपालले ओमनसँग दोस्रो पटक आमनेसामने हुँदैछ भने लिग २ मा चौथो पटक भिड्न लाग्दैछ। यसअघिको तीनवटै खेलमा ओमनले जित हात पारेको छ। यसअघि २०२० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न त्रिकोणात्मक सिरिजमा ओमनले नेपाललाई दुई खेलमा हराएको थियो भने जारी सिरिजमा एकपटक ओमनले हराइसकेको छ। जारी सिरिजमा ओमन अपराजित छ। नेपालले भने तीन खेल खेलेर १ खेलमा जित र दुई खेलमा पराजय ब्यहोरेको छ। आजको खेलमा जित निकाल्दै सिरिजलाई सन्तोषजनक बनाउने लक्ष्यमा नेपाल रहने छ।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्नेछ।

नेपालले यसअघि अमेरिकासँग खेलेको टिमबाट दुईवटा परिवर्तन गरेको छ। यसअघि अमेरिकासँग खेलेका गुल्सन झा र कुशल मल्ल टिमबाट बाहिरिएका छन् भने आरिफ शेख र सरद भेषवाकर टिममा परेका छन्।

नेपाली टीम

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, आरिफ शेख, सोमपाल कामी, करण केसी, शरद भेषवाकर, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell