PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्द्रजात्रा : सुरु भयो कुमारी, गणेश र भैरवको रथयात्रा

इन्द्रजात्रा : सुरु भयो कुमारी, गणेश र भैरवको रथयात्रा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : यँया: इन्द्रजात्राको दोस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज 'क्व:नेया' (तल्लो टोलमा) जिवित देवी कुमार र जिवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो।

दिउँसो ४ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत लगायत गद्दी बैठक पुगेका थिए।

त्यसक्रममा मजिपा लाखे आजु, सवभक्कु, पुलुकिसी नाचका साथै दशअवतार प्रस्तुत गरिएको थियो।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज पहिलाभन्दा चाँडै जात्रा समापन गर्ने व्यवस्था गरिएको हो। यस्तै, उपस्थित हुने सबैलाई मास्क अनिवार्य लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रामा रथ यात्रा भएको थिएन। यसपटक भने स्वास्थ्य प्रोटोकल पालना गर्दै इन्द्रजात्रा गरिँदैछ।

आज रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

भोलि असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ८ गते नानिचा: यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell