PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दृश्यमा जीवित देव गणेशको पहिलो रथयात्रा

दृश्यमा जीवित देव गणेशको पहिलो रथयात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन।  नरदेवी, पाछै गल्लीमा रहेको दिनेश शाक्यको घरमा गत वर्षको इन्द्रजात्रा भन्दा यसपटक फरक चहलपहल थियो। बिहानै देखि उनको घरमा मानिसहरु पुगिरहेका थिए। कारण – दिनेश र रोजी शाक्यका छोरा रोदिन शाक्य जीवित देव गणेशका रुपमा पहिलोपटक रथयात्राका लागि निस्किँदै थिए।

बिहानैदेखि आगन्तुकको भिड। त्यसमाथि यसपटक चाँडै रथयात्रा हुने भएकाले हनुमानढोका पुग्नुपर्ने हतारो। दिनेशको परिवार दिनभर व्यस्त देखिन्थ्यो। आफन्तहरु गणेशको पूजा गर्न आइरहेका थिए। परिवारका सदस्यहरुले सगुन दिइरहेका थिए। घर बाहिर भने युवायुवती भने धिमे र भुस्या बनाइरहेका थिए। द्य: भाजु रोदिन शाक्यलाई खटमा राखेर हनुमानढोका पुर्‍याइयो।

उमेर हदका कारण यसअघि गणेश रहेका समवेग शाक्य र भैरव रहेका रुजन शाक्यले अवकाश पाएपछि गत पुसमा नयाँ गणेश र भैरव प्रतिस्थापन गरिएको थियो। यस्तै, कीर्तिपुण्य महाविहार, क्वहिती बहा: का कर्सनव शाक्यलाई जीवित देव भैरवका रुपमा सगुन दिएर खटमा राखेर रथयात्राका लागि हनुमानढोका पुर्‍याइएको थियो।

पहिलो पटक रथयात्रामा सहभागी हुने भएकाले जीवित देव रोदिन शाक्यका परिवारका सदस्यहरु उनकै साथमा थिए। घरका दाइहरु उनी सवार रथमा उनको सहयोगका लागि थिए। पहिलो पटक रथयात्रामा सहभागी हुन जाँदा उनमा निकै उत्सुक्ता देखिन्थ्यो।

यस्तो रह्यो द्य: भाजु रोदिन शाक्यको पहिलो रथयात्रा



ट्रेन्डिङ पोस्ट

Ncell