PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नेपाललाई ओमनको १ सय २२ रनको सामान्य लक्ष्य, करण र सन्दीपको उत्कृष्ट बलिङ



पहिलोपोस्ट

नेपाललाई ओमनको १ सय २२ रनको सामान्य लक्ष्य, करण र सन्दीपको उत्कृष्ट बलिङ
तस्बिर एनएसजेएफ

काठमाडौं: ओमन क्रिकेट टिमले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज जारी खेलमा नेपालले कसिलो बलिङ गर्दा ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र करिमुल्लाहले ११ रन बनाए।

त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्सन सम्झन लायक रहेन।

अर्कोतर्फ बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रह्यो। केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिँदा लामिछानेले ८.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै जारी सिरिजमा पहिलो खेल खेलेका शरद भेषवाकरले २ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell