PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट हममाथि जित निकालेको छ। लण्डन स्टेडियममा गएराति सम्पन्न खेलमा युनाइटेडले वेस्टहममाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको ३० औं मिनेटमा घरेलु टोलीले सइद बनरमाको गोलमा अग्रता बनाएको थियो। तर त्यसको ५ मिनेट नबित्दै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलको ८९ मिनेटमा जेसे लेङ्गार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। यता घरेलु टोलीले इन्ज्युरी समयमा पेनाल्टीको अवसर पाएको थियो। तर मार्क नोबेलले त्यसलाई सदुपयोग गर्न सकेनन्। र, खेल युनाइटेडले २-१ ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न खेलमा ब्राइटोनले लेस्टर सिटीलाई २-१ गोलअन्तरले हराएको थियो भने चेल्सीले टोटेनहमलाई ३-० ले हराएको थियो। यो सँगै समान ५ खेलबाट १३ अंक जोडेका चेल्सी, लिभरपुल र म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष तीनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell