PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

टोटेनहमलाई हराउँदै चेल्सी शीर्षस्थानमा



पहिलोपोस्ट

टोटेनहमलाई हराउँदै चेल्सी शीर्षस्थानमा
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटनहम हट्स्परमाथि सहज जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलिमाथि ३-० को सहज जित निकालेको हो।

चेल्सीको जितमा थिआगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा चेल्सीले सिल्भाको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ५७ औं मिनेटमा कान्टेले दोस्रो गोल थपे भने रुडिगरले इन्ज्युरी समयमा टिमो वेर्नरको पासमा गोल गरेका थिए।

जितसँगै चेल्सी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। लिगको शीर्ष तीनमा समान ५ खेलबाट १३ अंक जोडेका चेल्सी, लिभरपुल र म्यानचेस्टर युनाइटेड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell