PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

लियोनमाथि पीएसजीको जित



पहिलोपोस्ट

लियोनमाथि पीएसजीको जित
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले लियोनमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले लियोनमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लुकास पक्वेटाको गोलमा लियोनले खेलमा अग्रता बनाएको थियो। अर्कोतर्फ पीएसजीका लागि ६६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै नेइमारले गोल गर्दै खेल बराबरीमा ल्याए। पीएसजीको जितका लागि निर्णायक गोल इन्ज्युरी समयमा माउरो इकार्डीले किलियन एम्बाप्पेको पासमा गरेका थिए।

गएराति नै सम्पन्न अन्य खेलहरुमा नाइस र मोनाको २-२ को बराबरीमा रोकिँदा मार्सेलीले रेनेसलाई २-० ले हराएको थियो। त्यस्तै क्लेरमोन्टर र ब्रेस्ट गोलरहित बराबरीमा रोकिँदा ट्रोएस र मोन्टपेलियर १-१ को बराबरीमा रोकिएका थिए।

जितसँगै पीएसजी ६ खेलबाट १८ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा कायम छ। दोस्रो स्थानमा रहेको मार्सेलीले ५ खेलमा १३ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell