PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

संसदमा एमालेको नारावाजी, सभामुख सापकोटाको राजीनामा बटमलाइन



पहिलोपोस्ट

संसदमा एमालेको नारावाजी, सभामुख सापकोटाको राजीनामा बटमलाइन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतवारको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गर्नसाथ एमालेले बैठकमा नारावाजी गरेको हो। एमालेका सांसदहरुले वेल घेरेर विरोध गरिरहेका छन्।

सरकरले भने आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ। एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर प्रतिनिधिसभाको बैठक गर्दै आएको छ। यसअघि एमालेको अवरोधका वावजुत प्रतिस्थापन विधेयक लगायतका विषय प्रतिनिधिसभाबाट अघि बढेका थिए। एमालेले सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जनाको सूचना सार्वजनिक गर्न नभए सापकोटाले पदबाट राजीनामा गर्न माग गर्दै आएको छ।

सभामुख सापकोटाले संसदको अवरोध हटाउन सर्वदलीय बैठकको आयोजना गरेका थिए। एमालेले भने उक्त वैठक बहिष्कार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell