PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रसियामा संसदीय निर्वाचन : राष्ट्रपति पुटिनको पार्टीले बहुमत पाउने प्रक्षेपण



पहिलोपोस्ट

रसियामा संसदीय निर्वाचन : राष्ट्रपति पुटिनको पार्टीले बहुमत पाउने प्रक्षेपण

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ।

निर्वाचनमा धाँधली भएको विपक्षीहरुको आरोपबिच भएको मतदानमा पुटिनको सत्तारुढ दलले बहुमत ल्याउने 'एक्जिट पोल' हरुले देखाएको बीबीसीले उल्लेख गरेको छ। रसियाको निर्वाचन आयोगले भने निर्वाचन प्रक्रियामा धाँधली भएको भनि लगाइएको आरोप खारेज गरेको छ।

हालसम्मको मतगणनामा सत्तारुढ दलले ४५ प्रतिशतभन्दा बढी मत पाएको बताइएको छ। नतिजा र एक्‍जिट पोलको प्रक्षेपणपछि  युनाइटेड रसिया पार्टीले निर्वाचनमा जितको घोषणा गरेको छ। यस्तै, पार्टीका समर्थकहरुले विजयी र्‍याली निकालेका छन्।

उक्त निर्वाचनमा विपक्षी नेता एलेक्सी नभाल्नी लगायत उनका समर्थक र अन्य नेताहरुलाई सहभागी हुनबाट रोकिएको भन्दै पुटिनको आलोचना हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell