PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बिराट कोहलीले बेङ्ग्लोरको कप्तानी छाड्ने



पहिलोपोस्ट

बिराट कोहलीले बेङ्ग्लोरको कप्तानी छाड्ने
Photo: BCCI

इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनपछि भारतीय टोलीको समेत कप्तान रहेका रोयल च्यालेन्जर्स बेङ्ग्लोरका कप्तान बिराट कोहलीले बेङ्ग्लोरको कप्तानी छाड्ने भएका छन्। बेङ्ग्लोरको आधिकारीक ट्वीटर ह्याण्डलले कोहलीको एउटा भिडियो जारी गर्दै यो सिजनको आईपीएल पनि उनले कप्तानी छाड्ने जनाएको हो।

'बेङ्ग्लोरको कप्तानका रुपमा यो मेरो यो अन्तिम आईपीएल हुनेछ। म आईपीएलको अन्तिम खेल खेल्दासम्म बेङ्ग्लोरबाट खेलाडीका रुपमा खेल्नेछु। बेङग्लोरका सम्पूर्ण समर्थक विश्वास गर्नुभएको र समर्थन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,' कोहलीले भनेका छन्।

विश्वकप क्रिकेट पछि भारतीय टोली कप्तानीबाट टी २० फर्म्याटमा राजीनामा दिने घोषणा गरेका कोहलीले बेङ्ग्लोरको कप्तानी पनि छाड्ने निर्णयमा पुगेका हुन्। पछिल्लो ९ वर्षयता बेङ्ग्लोरको कप्तानी गरेका कोहलीले हालसम्म टिमलाई फाइनलसम्मको यात्रा गराए पनि आईपीएल ट्रफी भने दिलाउन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell