PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमाले सांसदको विरोधका बिच विनियोजन विधेयक पारित 



पहिलोपोस्ट

एमाले सांसदको विरोधका बिच विनियोजन विधेयक पारित 

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच विनियोजन विधेयक पारित भएको हो।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेम सुवाल मात्र सहभागी भएका थिए। बैठकमा सुवालले विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकमा रहेका खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बहुमतले अस्वीकृत गर्दै विनियोजन विधेयक पारित भएको हो। अहिले बैठकमा आर्थिक विधेयक माथि छलफल भइरहेको छ। यो छलफलमा पनि सांसद सुवाल मात्र सहभागी भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell