PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आर्थिक विधेयकमाथि दफावार छलफल बिहीवार हुने



पहिलोपोस्ट

आर्थिक विधेयकमाथि दफावार छलफल बिहीवार हुने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा पौडेलले पेश गरेको आर्थिक विधेयकमाथिको दफावार छलफल बिहीवार हुने भएको छ।  

अर्थमन्त्री शर्माले आर्थिक विधेयक विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले असोज ७ गते बिहीवार व्यवस्थापन कार्य प्रारम्भ भएपछिको समय तोकेका हुन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच बजेट सम्बन्धि विधेयकहरु माथि छलफल चलिरहेको छ। बैठकले विनियोजन विधेयक २०७८ लाई बहुमतले पारित गरिसकेको छ। साथै राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ।

यससँगै आजको बैठक सकिएको सभामुख सापकोटाले घोषणा गर्दा अर्को बैठक बिहीवारका लागि तोकाेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell