PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पंजाबका पहिलो 'दलित सिख' मुख्यमन्त्री बने चरणजीत सिंह चन्नी



पहिलोपोस्ट

पंजाबका पहिलो 'दलित सिख' मुख्यमन्त्री बने चरणजीत सिंह चन्नी
PHOTO : CHARANJEET SINGH CHANNI/FACEBOOK

चरणजीत सिंह चन्नी भारतको पंजाबमा नयाँ मुख्यमन्त्री बनेका छन्।

क्याप्टेन अमरिंदर सिंहले राजीनामा दिएपछि भारतीय राष्ट्रिय कंग्रेसले चन्नीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। यससँगै चन्नी पंजाबका पहिलो दलित मुख्यमन्‍त्री बनेका छन्। मुख्यमन्त्री बनेका चन्नी यसअघि अमरिंदर सिंह सरकारमा रोजगार मन्त्री थिए।

नवजित सिंह सिद्धूसँग विवाद बढ्दै गएपछि मुख्यमन्त्री अमरिंदर निकै दबाबमा थिए। सिंहसँगको विवादका कारणले नै कंग्रेसको केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्नुपरेको हो। अमरिंदरको राजीनामा सिद्धूसँगको विवाद नै भएको बताइएको छ। सिद्धूको सम्बन्ध पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भएको भन्दै अमरिंदरले विरोध गर्दै आएका थिए। उनले सिद्धूलाई मुख्यमन्त्री बनाउन नहुने र यदि बनाइए आफूले विरोध गर्दै बताउँदै आएका थिए।

चन्नीलाई मुख्यमन्त्री बनाउने निर्णयलाई कंग्रेस हाई कमान्डको 'मास्टर स्ट्रोक' का रुपमा स्थानीय मिडियाले उल्लेख गरेका छन्। कंग्रेसले पंजाबमा 'दलित कार्ड' खेल्दै पार्टीलाई बलियो बनाउने रणनीति अपनाएको बताइएको छ। अर्को वर्ष पंजाबमा विधान सभा निर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell